बैंगलुरुको ८ खेलमा एक जित र ७ हार : प्लेअफको सम्भावना लगभग समाप्त

काठमाडौँ – कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले  बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो ।

यस अघि पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो कोलकोताको यस सिजनमा पाँचौं जित हो । ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्