हनुमन्ते खोलामा युवकको शव फेला

सांकेतिक तस्बिर

भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ ।

काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिएको अवस्था भेटिएको छ । थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्