मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

काठमाडौं – मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् । आज बेलुका ५ बजे नयाँ मन्त्रीहरूको सपथसँगै मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउने बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्