काँग्रेसले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा………. अब के हाेला ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता लिन माग गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको काँग्रेस स्रोतले बतायो ।

मंगलबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ’लकडाउनले कहाँ छेक्छ र हेर्नुस् हजारौँ कालो झण्डा सामाजिक सञ्जलामा !’ भन्दै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डलमा म्यान्सन गरेका छन् ।

जनता कोरोनाको सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न उनको आग्रह छ । सामाजिक सञ्जालमा काँग्रेसले सार्वजनिक गरिएको कालो झण्डामा लेखिएको छ, ’प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा !’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्