नेक्सस स्कूलले मनायो भव्यताका साथ सरस्वती पूजा, आइपीसी मन्टेश्वरीको सुरुवात

काठमाडाैं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसंगै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर काठडमौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल स्कुलले श्रीपञ्चमी पर्व तथा सरस्वती पूजा भव्यताका साथ मनाएको छ ।


सरस्वतीको मन्दिरमा आफ्ना सबै विद्यार्थीहरूलाई लगेर सरस्वतीको प्रार्थना गरि सरस्वति पूजा मनाएको छ । सरस्वति पूजाको अवसर पारेर स्कूलमा पिजीदेखि ८ सम्मका विद्यार्थीहरूलाई भर्नामा विशेष छुटको व्यवस्था गरिएको छ । विद्यालयका संस्थापक आरबी कटवाल, प्रिन्सिपल कमल कटवाल तथा निर्देशक विवेक कटवाल लगायत शिक्षक शिक्षिकाहरुले बालबालिकाहरुसँग बसेर रमाइलो गर्दै खुसी साँटा साट गरि सरस्वती पूजा मनाएका छन् ।
नेक्सस इन्टरनेशनल स्कुलले आइपीसी मन्टेश्वरी समेत सुरुवात गरेको छ । युएइ, अमेरीका, दुबई लगायतका देशहरुजस्तै शिक्षा लागु गरि मन्टेश्वरी कार्यक्रम सञ्चालन गरिएको संस्थापक आरबी कटुवालले जानकारी दिनुभयो । यो नेपालमा नयाँ लागु भएको मन्टेश्वरी प्रणाली हो जुन नेक्सस स्कुलले अबलम्बन गरेको छ ।
आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पीठ तथा मन्दीरमा पनि पूजा आरधाना गर्ने गरिएको छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजैका दिन अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षरारम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्याएका छन भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराएका छन् । निजी विद्यालयले पनि आज बालबालिकालाई विशेष छुटका साथ भर्ना लिँदै आएका छन् ।

देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । ‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना सहित सूर्यको अर्चना गरी रस्वतीको उपासना गदै विद्यालयले सरस्वती पूजा गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्