मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक, वर्षमान पुन प्रचण्ड भेट्न खुमलटार गए

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।

बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । पछिल्लो घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्