लकडाउनमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उधुमै प्रगति

दोलखा – लकडाउनले विभिन्न आयोजनाको निर्माणमा नकारात्मक असर परिरहेका बेला राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भने ’सरप्राइज’ प्रगति गरिरहेको छ । लकडाउनपछि स्थानीयको अल्टिमेटमले ६ दिन रोकिएर सरकारको निर्णयपछि काम सूचारु भएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाले करिब २० दिनमा ’सरप्राइज’ हुने खालको प्रगति गरेको हो ।

लकडाउनअघि २ महिना लाग्ने गरेको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने कार्य २० दिनमा सम्पन्न हुँदा आयोजनाका कर्मचारी नै ’आश्चर्य’ मा परेका छन् । पछिल्लो २० दिनको अवधिमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो ठाडो सुरुङमा ५० मिटर र अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले तल्लो ठाडो सुरुङमा ४० मिटर पेनस्टक पाइप जडान गर्न सफल भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाको सबैभन्दा कठिन र जोखिमपूर्ण रहेको दुबै ठाडो सुरुङमा लकडाउन अघि ९ दिन लाग्ने गरेको पाइप जडान कार्य करिब ४ दिनमा सम्पन्न हुनुलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । दोलखाको विगु गाउँपालिका–१, लामाबगरमा आयोजना निर्माणाधिन रहेको छ । साढे ९९ सय प्रतिशत निर्माण सम्पन्न भईसकेको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको सबैभन्दा कठिन मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यको पछिल्लो प्रगतिलाई प्रवक्ता न्यौपानेले ’सरप्राइज’ भनेका छन् ।

शनिबार रातीसम्म ३७३ मिटरको तल्लो ठाडो सुरुङमा ३१० मिटर सम्पन्न भएर करिब ६५ मिटर बाँकी रहेको छ भने ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा २०० मिटर सम्पन्न भई ११० मिटर पेनस्टक पाइप जडान बाँकी रहेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए । पेनस्टक जडान कार्य जति माथि आयो त्यति मोटाई कम हुँदै जाने भएकोले झन छिटो जडान हुने उनले बताए ।

बाँध, सुरुङ र पावरहाउसमा गरी करिब ६ सय मजदुरलाई बाहिरी मानिस तथा स्थनीयसँगको आवतजावत र भेटघाटलाई प्रतिवन्ध लगाइएको आयोजनाले जनाएको छ । मजदुरले पनि घर जान र बाहिरी मान्छेसँग भेटघाट गर्न नपाएपछि उच्च मनोबलका साथ काम गरिरहेको उनको भनाई छ । अन्नपुर्णपोष्टबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्