नेशनल प्याब्सन काठमाडौं जिल्लाद्वारा आयोजित खेलकुद सप्ताह आज सम्पन्न

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह आज सम्पन्न भएको छ । शुक्रवार शंखमुलमा रहेको नेरीक एकेडेमी स्कुलमा काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षता तथा नेपाल ओलप्कि कमिटी उपाध्यक्ष तथा कार्यकारी निर्देशक साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यय समेत रहेका चतुरानन्द राज बैद्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि उक्त सप्ताह सम्पन्न भएको छ । कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा खेलकुद सप्ताह अवधिभरी विजेता हुने टोलीहरु तथा विद्यालयहरुलाई सम्मान तथा पुरस्कार हस्तानन्तरण समेत गरिएको छ ।

२०० मिटर दौडको छात्रतर्फ बीरशेवा स्कुलका अर्निक्स बिक प्रथम, महाकवी लक्ष्मीप्रसाद देवकोटा स्कुलका विक्रम विष्ट द्धितीय तथा भिमेश्वर एकेडेमीका कस्बीन ढुंगाल तृतीय भएका छन् । यस्तै सटपुट छात्रातर्फ ज्ञानभूमि स्कुलका जाइसेन्थ राई प्रथम भएकीछिन भने युनिभर्सल स्कुलकी सुप्रिया गुरुङ द्धितीय तथा माइलस्टोन स्कुलका कृष्टशना तमाङ तृतीय भएकी छिन् । यसैगरी सटपुट छात्र तर्फ अरुनी स्कुलका लक्ष्मण बस्नेत प्रथम, इलिगेन्ट पियर स्कुलका निर्मल कठायत द्धितीय र ज्ञानभूमि स्कुलका विकरान्त रोका मगर तृतीय भएका छन् ।

यसैगरी टेबल टेनिस छात्रातर्फ अरुनी स्कुलकी इच्छा चापागाई प्रथम, अरुनी स्कुलकी कृतिका अर्याल द्धितीय र पिक प्वाइन्ट एकेडेमीकी विष्णु कुमारी मगर र युनिभर्सल स्कुलकी प्रशंसा बुढाथोकी तृतीय भएका छन् । यस्तै टेबल टेनिस छात्रतर्फ युनिभर्सलका निरेश गौतम प्रथम, फ्यूचर स्टारका विजय थापा मगर द्धितीय र ग्रीन लवीन्सका सुयोग रजक र अरुनी स्कुलका प्रवेश थापा तृतीय भएका छन् ।

यस्तै प्रतियोगितामा १०० मिटर रेसमा छात्रतर्फब महाकवी लक्ष्मीप्रसाद देवकोटा स्कुलका विक्रम विष्ट प्रथम, एजीएम स्कुलका इश्वर बुढा द्धितीय र ज्ञानभूमि स्कुलका टिकालाल श्रेष्ठ र ब्रेन हर्ट स्कुलका राजु माझी तृतीय भएका छन् । भने १०० मिटर दौडमा छात्रातर्फ माउण्ट ग्लोरीकी पुजा विक प्रथम, अर्किड स्कुलकी सेविका बस्नेत द्धितीय र अर्किड स्कुलकी सृजना जैसी तृतीय भएकी छिन् ।

यस्तै टउट अफ वार विजेता छात्रातर्फ मिलन धर्मस्थली स्कुल प्रथम, माइलस्टोन स्कुल द्धितीय र भिमेश्वर एकेडेमी तृतीय भएका छन् । यस्तै छात्रातर्फ मिलन धर्मस्थली प्रथम, माइलस्टोन द्धितीय र केटिएम सेन्ट्रल तृतीय भएको छ ।

यस्तै खेलकुद सप्ताह अन्तर्गत २०० मिटर दौड छात्रातर्फक पिपुल्स स्कुलकी अन्जु थापा प्रथम, गणेश हिमाल स्कुलकी पुर्णिमा तामाङ द्धितीय र अर्किड स्कुलकी सृजना जैसी तृतीय भएकी छिन् ।

यसैगरी फटसलतर्फ प्रशान्ति एकेडेमी प्रथम, भिमेश्वर एकेडेमी द्धितीय तथा ग्रीनवीच एकेडेमी तृतीय भएको छ। जसमा बेष्ट प्लेयरतर्फ माउण्ट ग्लोरीका खेलाडी छनोट भएको भने बेष्ट किपरतर्फ प्रशान्तिका खेलाडी छनोट भए भने हाइस्कोर अवार्डतर्फ भिमेश्वरका खेलाडी छनोट भएका छन् ।

यस्तै बास्केटबलतर्फ ग्रिनफिल्ड स्कुल प्रथम भएको छ भने बोधिसदन स्कुल द्धितीय भएको छ । यस्तै साइन मोडेल स्कुल तृतीय भएको छ । आज सम्पन्न समापन समारोहमा सबै प्रतियोगि खेलाडी तथा विद्यालयलाई ट्रफि मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्