गृहमन्त्री श्रेष्ठ महोत्तरीमा

बिशाल बस्नेत

 

महोत्तरी, २५ माघ  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ महोत्तरी आइपुगेका छन् । बर्दिवासस्थित गौरिडाँडामा रहेको आधारशीलाको २१ औ वार्षिकोत्सवमा सहभागी हुन उनी बुधबार बेलुका महोत्तरी आइपुगेका हुन् ।

बिहीबार आधारशीलाको औपचारिक समारोहमा सम्बोधन गरेपछि गृहमन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन र निर्देशन गर्ने कार्यक्रम रहेको उनकाे निजी साचिवालायले जनाएकाे छ ।

 

यसैक्रममा अहिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्दिवास नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका छन्  ।

 

विपद व्यवस्थापन सामाग्री हस्तान्तरण तथा विपद पोर्टल स्थानीयकरण गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय सरकार जनताको समृद्धिका लागि अधिकार सम्पन्न हुनुपर्ने धारणा राखे ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्