दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने

काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।

 

उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

 

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ ।  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।

 

गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्