भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमात सँग सम्बन्धित रहेको भारतीय सरकारद्वारा पुष्टि

काठमाडाैँ – भारतमा देखिएको कोरोना संक्रमण मध्ये कुल ३० प्रतिशत संक्रमण नयाँ दिल्लीको निजामुद्दिन मार्कजमा आयोजित तबलिगी जमात समारोहसँग सम्बन्धित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

उक्त जमातका कारण २३ प्रदेशमा कोरोना फैलिन पुगेको र ती क्षेत्र संक्रमणको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ । पुष्टि भएका कुल १४ हजार ३ सय ७८ वटा संक्रमण मध्ये ४ हजार २९१ अर्थात २९.८ प्रतिशत संक्रमण यो जमातसँग सम्बन्धित भएको पुष्टि भएको हो ।

यो संक्रमण देशको २३ प्रदेशमा फैलिएको स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले बताए । उनले तमिलनाडुको ८० प्रतिशत, दिल्लीका ६३ प्रतिशत, तेलाङ्गना ७९ प्रतिशत, उत्तर प्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशमा देखिएका ६१ प्रतिशत संक्रमण यसै जमातसँग सम्बन्धित भएको जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्