CORONA

लकडाउनको विरुद्धमा अमेरिकामा बन्दुक बोकेर नागरिकहरु प्रदर्शनमा, ट्रम्पको समर्थन

काठमाडौं – अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जि्निया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ । ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।

अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो । अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या सात लाख नाघिसकेको छ । भने मृतकको संख्या ३७ हजार भन्दा बढी पुगिसकेको जोन वल्ड्रोमिटरले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्