पीएम कपमा कर्णाली प्रदेशको विजयी शुरुवात

काठमाडौँ, २९ पुस । जारी पीएम कपमा कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ । आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

 

गण्डकी प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३३.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो ।  मौसम खराब भएका कारण यो खेल ४५-४५ ओभर खेलाइएको थियो ।

 

यो जितपछि कर्णालीले २ अंक हासिल गरेको छ ।  त्यस्तै गण्डकी प्रदेशले भने लगातार दोस्रो हार बेहोरेको छ । अब कर्णालीले मंगलबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले विहिबार सुदूरपश्चिम प्रदेशकै सामना गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्