चितवनकी कोरोना संक्रमित महिलाले गाउँमा चकलेट बाँडेकी थिइन्

काठमाडौ – चितवनकी कोरोना संक्रमण देखिएकी महिलाले बेलायतबाट आएपछि गाउँमा चकलेट बाँडेको खुल्न आएको छ ।

उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए ।

‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ । चितवन केमा आए, काठमाडौंमा कहाँ बसे केही पनि बताएका छैनन्,’ थपलियाले भने, ‘लकडाउनपछि नगरपालिकाले विदेशबाट आएकाहरूको नाम टिपोट गर्न सर्कुलेसन जारी गरेपछि हामीले उहाँहरूकै घर गएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौं ।’

उक्त परिवारले वडाको निर्देशन मानेर १ महिनादेखि नै क्वारेन्टाइनमा बसे पनि विदेशबाट आउने बित्तिकै गाउँलेलाई चकलेट बाँडेको थपलियाले जानकारी दिए ।

वडाले सबै विदेशबाट आएकाहरूको थर्मल–गनले ज्वरो जाँच्ने क्रममा कुनै लक्षण नदेखिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्