बहराइनमा एकै दिन २७ नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि

काठमाडौं – बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा रहेका नेपालीमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ ।

त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्