बालकुमारी घटना : मन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बन्यो– गृहमन्त्री श्रेष्ठ

File Photo

काठमाडौं, १६ पुस । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताएका छन् ।

 

सिंहदरबारमा सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक अध्ययनबाट आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको देखिएको बताए ।

साथै प्रहरीले फायरिङ गरेपछि मन्त्रीको गाडी जलेको देखिएको उनको जवाफ छ ।

गत शुक्रबार भएको बालकुमारी घटनामा प्रहरीको गोली र पिटाइबाट दुई युवकले ज्यान गुमाएका थिए ।

सो घटनामा प्रहरीको कमजोरी स्वीकार्दै गृहमन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्