च्याम्पियन्स लिग: आरबी लेइपजिंगमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

काठमाडौँ, १३  मंसिर  । युईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

 

पहिलो हाफमा २-० गोलले पछि परेको सिटीले खेलको दोस्रो हाफ शानदार कमब्याक गर्दै ३ गोल गरेर जित हासिल गरेको थियो । सिटीको जितमा इर्लिंग हालाण्ड, फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि लोइस ओपेन्डाले दुवै गोल गरेका थिए ।

 

यो जितपछि समुह जी मा म्यानचेस्टर सिटीको ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । सिटी च्याम्पियन्स लिगको राउण्ड १६ मा छनौट भइसकेको छ । त्यस्तै आरबी लेइपजिंगको ५ खेलमा ९ अंक रहेको छ र यस समुहमा लेइपजिंग पनि राउण्ड १६ मा छनौट हुने निश्चित रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्