टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

काठमाडौँ, १३ मंसिर । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

 

भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

 

५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ । अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।

 

अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्