कञ्चनपुरमा ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु

प्रकाश भट्ट, कञ्चनपुर ।  कञ्चनपुरमा  ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन सोमबार जिल्ला ट्राफिक कार्यालयले  ट्राफिक कार्यालयमा उद्घाटन कार्यक्रम तथा प्रभात फेरी गर्दै सडक सुरक्षा तथा ट्राफिक  सप्ताहको शुभारम्भ गरेको छ। जिल्ला ट्राफिक कार्यालय देखि शुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालय, महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर बजार, मदन चोक, दशरथ चोक, हुँदै बसपार्क बाट पुनः ट्राफिक चोकमा आएर सभामा परिणत भएको थियो।

उद्घाटन कार्यक्रममा  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको प्रमुख आतिथ्य  रहेको थियो भने  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाको अध्यक्षता रहेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले सर्वसाधारणले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरू वर्षेनी बढ्दै गएको बताउँदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताए । ट्राफिक नियमका पूर्णरुपमा पालना गरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायका र सर्वसाधारण सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका अध्यक्ष एवम् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले विगतमा भएगरेका गल्तीहरूलाई सच्याउँदै अब सबै नागरिकले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्नुपर्ने बताए ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थापाले सबै सरोकारवालाहरू एक भएर सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्नमा लाग्नुपर्ने बताए । उनले सडक निर्माण गर्दा ध्यान दिनुपर्ने, जनतालाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिनुपर्ने र नियम उल्लंघन गर्नेलाई कडाइ रुपमा कारवाही गर्नुपर्ने बताए ।

ट्राफिक सचेतना अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सोमबार बाट सुरु भएको उक्त कार्यक्रम कार्तिक २६ गते सम्म चल्ने जिल्ला  ट्राफिक कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नरेश विकले बताए । उद्घाटन तथा प्रभातफेरी कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्