लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ सस्तियाे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ – लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा गिरावट आएको छ । कात्तिक १३ गते, सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा झरेको छ ।

आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । अघिल्लो कारोबार दिन, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि सोमबार घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्