विश्व कप क्रिकेट: नेदरल्यान्ड्ससँग पराजित हुदैँ बङ्लादेश बाहिरियाे, साउद अफ्रिका शीर्ष स्थानमा

काठमाडाैं– आईसीसी विश्व कप क्रिकेट अन्तर्गत हिजाे भएकाे खेलमा नेदरल्यान्ड्ससँग बङ्लादेश पराजित भएकाे छ । याे सँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ ।

नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।

जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा पुगेको छ । यस्तै, विश्व कप क्रिकेट अन्तर्गत हिजो भएको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । न्युजिल्यान्ड चार नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ भने समान अंकका साथ रन रेटका आधारमा  साउद अफ्रिका अंक तालिकाकाे शीर्ष स्थानमा रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्