त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि नेपालको ७९ रनको सहज जित हात

काठमाडौं – नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै खेलमा सहज जित निकालेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्