त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।

मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन् । शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्