इजरायलमा मारिएका दिपेश र लोकेन्द्रको शव सहित ४ जनाको शव शनिबार नेपाल ल्याइदै

काठमाडौं – हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीका अनुसार दार्चुलाका दिपेश विष्ट, लोकेन्द्र विष्ट सहित ४ जनाको शव शनिबार नेपाल ल्याउन लागिएको हो । नारायण प्रसाद न्यौपाने र आषिश चौधरीको शव नेपाल ल्याउन लागिएको हो ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्