इजरायलमा मारिएका ४ नेपालीको शव पर्सि काठमाडौं आइपुग्ने

काठमाडौं – हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

फ्लाइट डिटेलअनुसार पर्सि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहितानको काम भइरहेको छ’, नेपाली दूताबासले शुक्रबार वक्तव्यमार्फत भनेको छ । सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्