१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्