इजिप्टमा गोली हानेर दुई इजरायली पर्यटकको हत्या

काठमाडौँ – इजिप्टमा गोली हानेर दुई जना इजरायली पर्यटकसहित तीन जनाको हत्या गरिएको छ। समाचार संस्था एपीका अनुसार एलेक्जेन्ड्रिया सहरमा एक जना प्रहरीले आइतबार पर्यटकहरूमाथि गोली चलाएका थिए। मारिनेमा एक जना इजिप्टका नागरिक पनि छन्।

प्रहरीले इजरायली पर्यटकमाथि गोली हान्नुको कारण खुलेको छैन। इजरायलले प्यालेस्टाइनी इस्लामिस्ट समूह हमाससँग युद्ध गरिरहेका बेला छिमेकी इजिप्टमा इजरायली पर्यटकको हत्या भएको हो।

आक्रमणकारी प्रहरीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्। इजिप्टले इजरायलसँगको सम्बन्ध सामान्य बनाइसकेको छ। पछिल्लो केही समयदेखि उसले इजरायल र अरू अरब मुलुकबीच द्वन्द्व हुँदा मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ। तर इजिप्टका केही नागरिकमा इजरायलविरोधी भावना भने व्याप्त छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्