आक्रमणमा परेका नेपालीको उद्धार र उपचारबारे कुराकानी इजरायली राजदूतसँग गरे परराष्ट्र मन्त्री साउदले छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल भएको हो। उनीहरूबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे राजदूतसँग कुराकानी गरेका हुन्। राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए।उनले इजरायलको कठीन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्