धुवाँको मुस्लो फाल्ने गाडीलाई ९ लाख रुपैयाँसम्म जरिबाना तिराउने काठमाण्डौ महानगरको चेतावनी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई तीन लाख रुपैयाँसम्म जरिबाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ । दिएको आदेश बमोजिम कार्य नभएमा जरिबानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिबाना गराउने सूचनामा उल्लेख छ ।

काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने गाडीको वायु प्रदूषण जाँच नियमित गर्ने पनि जनाएको छ । अहिले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुवाँजन्य प्रदूषण, उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा सञ्चालन भइरहेका गाडीहरुको धुवाँ निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिएकाले कडा कारबाहीको अभियान थालिएको महानगरले जनाएको छ ।

वायु प्रदूषणका मुख्य कारकहरुमध्ये गाडीबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको महानगरको ठहर छ । कुनै गाडीले धेरै धुवाँ फाल्ने र प्रदूषणको मापदण्ड पालना नगरेको शङ्का लागेमा सूचना दिन पनि काठमाण्डौ महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्