नेसनल प्याब्सनको विवाद सतहमा : न्यौपानेले पदभार ग्रहण गरे, हमाल भन्छन् – ‘नाटक मञ्चन’

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को विवाद सतहमा आएको छ । असोज १३ गते काठमाडौँको बत्तिसपुतलिमा एक समारोह गरि तत्कालिन सह–अध्यक्ष सुवास न्यौपानेले अध्यक्षको पदवहाली गरेपछि विवाद सतहमा आएको हो । न्यौपानेले अध्यक्षमा पदवहाली गरेपछि अध्यक्ष हमाल सहितका पदाधिकारीहरुले विज्ञप्ती जारी गर्दै न्यौपानेले पदभार ग्रहण गर्नुलाई नाटक मञ्चनको संज्ञा दिएका छन् ।

‘राष्ट्रिय महाधिवेशन भइरहेको अवस्थामा केहि पूर्व अध्यक्ष लगायतका केही व्यक्तिहरुले अध्यक्ष र सह–अध्यक्ष पदमा आधा–आधा कार्यकाल गर्ने गरि सहमति गरिएको भनि व्यापक प्रचार प्रसार गरिदै आएकोमा सोही सहमतीलाई आधार मान्दै हिजो मिति २०८०/०६/१३ गते काठमाडौँको अनुपम फुडल्याण्डमा केहि व्यक्तिहरुको भेला बोलाई पदभार ग्रहण गरेको नाटक मञ्चन गरिएको छ ।’ प्रेस विज्ञप्तिमा लेखिएको छ, ….संगठनको विधिवत निर्णयलाई लत्याउदै एशोसिएसनको केन्द्रीय कार्यालयमा १३ गते राति ७ बजेको समयमा हुलहुज्जत सहित जबरजस्ती कार्यालय भित्र प्रवेश गरिएको प्रति केन्द्रीय समित घोर भर्त्सना गर्दछ ।’

विज्ञप्तिमा अध्यक्ष हमाल, संस्थापक अध्यक्ष गीता क्षेत्री, कोषाध्यक्ष प्रतापबहादुर थापा र महासचिव पारसमणि दाहालले हस्ताक्षर गरेका छन् । यता न्यौपाने पक्षधरहरुले सहमती भएको दाबी गरिरहेका छन् । तर हमालले भने मौखिक सहमतीलाई न्यायालयले समेत आधिकारिकता पुष्टि नगर्ने भन्दै सथप ग्रहण गर्दा न्यौपानेले सह–अध्यक्षको सपथ ग्रहण गरेको दाबी गरिरहेका छन् । हमालले सिंगो पदाधिकारी एकातिर र न्यौपाने आफैले स्वयं अध्यक्ष घोषणा गरेको भन्दै न्यौपाने आधिकारिक अध्यक्ष नभएको बताउँदै आएका छन् । अध्यक्ष, कोषाध्यक्ष, संस्थापक अध्यक्ष र महासचिवले विज्ञप्ति जारी गर्दै आधिकारिक अध्यक्ष हमाल नै भएकोले कसैलाई पनि भ्रमममा नपर्न अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्