फुटबल टोलीका खेलाडी विदेश पलायन हुदैँ, विमल घर्ती पनि अस्ट्रेलिया प्रस्थान

काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर अस्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली फुटबल छाडेर उनी आज बिहान अस्ट्रेलिया लागेका हुन् ।

विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान रहेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडी दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्