२५बुँदे घोषणापत्र सहित एनआरएनए अध्यक्षमा रविना थापाकाे उम्मेदवारी घाेषणा

कृष्णानन्द भट्ट
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनको पर्व सन्ध्यामा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
१०औं महाधिवेशनमा निर्वाचन हुन नसकेपछि उनी लगायतका अध्यक्ष पदका तीनैजना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो । उक्त सम्मेलनमा बोल्दै थापाले एनआरएनए ग्लोबल फण्डको महत्वाकांक्षी कार्यक्रमहरुको समेत घोषणा गरेकी छिन् । ‘आफु नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गर्न पहल गर्नेछु, जसले नेपाल र नेपालीको समृद्धिको लागि सारथी मात्र होइन, संकटमा पनि संजीवनीको समेत काम गर्नेछ ।’
एनआरएनएका प्रत्येक सदस्यहरुलाई गर्व महशुस हुने गरि यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने बताइन्। एनआरएनएको इतिहसमा पहिलो अध्यक्ष महिलाको रुपमा छोटो अवधिमा काम गरेको अनुभवको आधारमा निर्वाचित भएर १ कार्यकाल काम गर्न चाहेको बताइन । ‘आफुले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा स्रहानीय काम गरेको उल्लेख गर्दै उनले ‘ एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई गतिशील ढंगले अघि बढाउनुको साथै विदेशमा बस्ने प्रत्येक नेपालीलाई पनि अपनत्व महसुस हुने वातावरण सृजना गर्ने बताइन ।’
उनले आफनो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीयलाई नेपाली नागरिकताका लागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको बताउदै नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको स्मरण बताइन् । आफ्नो कार्यकालमा संघको काठमाण्डौंस्थित कार्यालयको पूर्वाधार विकास, पोखरामा स्मार्ट शौचालय निर्माण भैसकेको र चाँडै हस्तान्तरण हुने हुने बताउदै बिरामीहरुलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्त सञ्चार बस सेवा ३ प्रदेशमा शुरुआत गरेकोले चाँडै हस्तान्तरण हुने तयारीमा रहेकोे र विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको समेत बताइन् । संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता धेरै काम भएको समेत बताइन ।
गैरआवासीय नेपाली संघको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षमा हुनुपर्ने आवश्यकतालाई जोड दिँदै अध्यक्ष थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी समेत गरिन् । निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको बताइन् ।
विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो, ’ अध्यक्ष थापाले भनिन्, ‘यो न त कुनै राजनीतिक भातृ संगठन हो न त कुनै व्यापारिक या व्याववसायिक संस्था हो ।’ विदेशमा वस्ने नेपालीहरु सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाईदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने खालको नेतृत्वमा उहाँको जोड थियोे ।
उनले विधान विपरित प्यानल बनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाव वढेको समेत उल्लेख गर्दै ११ औं महाधिवेशनमा प्यानल पूर्ण रुपमा निषेध गरिनु पर्नेमा जोड दिइन् । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले संघको गरिमामा चोट पुगेको र गलत सन्देश गएको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सक्षम, सबल, गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन् । सो अवसरमा सार्वजनिक गरिएको अध्यक्ष थापाको २५ बुँदे घोषणापत्रमा संघको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषयहरु उल्लेख छन् । त्यस्तै स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, संचार, कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विदेशमा रहेका नेपालीहरुलाई बंशजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिकहरुलाई जीटुजी मार्फत जाने नेपाली र विद्यार्थी भिसामा गएका नेपाली विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गर्नुपर्ने बताइन् । हाल एनआरएनए अध्यक्ष रहेकी थापा युवा र महिलाहरुमा निकै लाेकप्रिय छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्