टी-२० विश्वकपको एसिया छनोट तयारीका लागि नेपालमा त्रिदेशीय शृंखला हुने

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि त्रिदेशीय शृंखला आयोजना गर्ने भएको छ ।

अक्टोबर १६ देखि २६ तारिखसम्म आयोजना हुने शृखलामा नेपालसहित हङकङ र यूएई सहभागी हुनेछन् । क्यानको केन्द्रीय कार्य समिती बैठकले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवशीय गर्ने पनि निर्णय गरेको छ ।

बैठकले नेपाल प्रिमियर लिग आगामी मार्च अप्रिलमा गर्ने गरी तयारी थाल्ने पनि निर्णय गरेको छ । यस्तै, विदेशी खेलाडीहरु सहभागी नगराई आयोजना हुने घरेलु फ्रेन्चाइज प्रतियोगितालाई पनि मान्यता दिने क्यानले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्