बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा रु १ करोड बराबरको फेन्सी सामान जलेर क्षति भएको छ। स्थानीय नवराज जोशीको दुईतल्ले घरमा जयपृथ्वी नगरपालिका–१ बस्ने डबल बहादुर खड्काले सञ्चालन गरेको फेन्सी पसलमा  विद्युत सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु १करोड मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको पसल सञ्चालक डबल बहादुर खड्काले बताए। आगलागी बाट भने कुनै मानवीय क्षती नभएको स्थानीय बासिले जनाएका छन। पसल संन्चालक अर्को घरमा बस्ने भएकाले राति ३ बजेको समय मा स्थानीयले आगो लागेको देखेर पसल संन्चालक लाइ खबर गरेर आगो नियन्त्रण गरेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्