चट्याङ्ग लागेर बाजुरामा एक बालिकाको मृत्यु

देबराज पाध्याय, बाजुरा
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वाड न ६ माएक वालीकालाई चट्याङ्ग लागेर मृत्यु भएको छ ।मृत्युहुनेमा यसै नगरपालिका कोर्धकी तुलेरावलकी छोरी अन्दाजी १२ बर्षकी प्रमीला रावल रहेकी छन् । शनिबार राती हावाहुरी,पानी संगै रहेको चट्याङ्गलागेर प्रमीलाको ज्यान गएको छ ।भने संगै रहेको एक भैसी भैसीको पाडो र एक गोरु समेत मरेको छ बडिमालिका नगरपालिका का पुर्ब नगरप्रमुख पदम बडुवाले जनाएका छन् ।

गाई भैसी लेक बाट तल थमथला भन्ने ठाउमा ल्याए र राखेकाले प्रमिला पनी खर्कमा भैसी हेर्न गएकीगएकी रहेछन् भने प्रमिलासंगै उनका बुवा र भाई समेत रहेका थिए उनि दुबैजना बेहोस भएका रहेछन् । बिहान पख दुबै बाबु छोरा को भने होस आई सकेको बताएका छन् ।
प्रमीला नेपाल राष्ट्रिय आधारभुत बिद्यालय कोर्धमा कक्षा २ मा अध्यनरत छात्रा हुन । उनि शनिबार दिनका बिद्यालयको बिदा भएकाले आफ्ना बुवा संग गाई भैसी हुने ठाउ खर्कमा गएकी मृतकका आफन्त तथा स्थानिय लाल बहादुर रावलले बताएका छन् ।

राति चट्याङ्ग लागेको खबरपाएकाले खबर पाउना साथ घटनास्थल तफ बिहान ५ बजे नै प्रहरी टोली लाई पठाई सकेको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक कबिन्द्र बोहराले बाताउनु भएको छ । केही दिन पहिला बिच्छ्यामा र गौमुलमा समेत चट्याङ्ग लागेर भेडा बाख्रा मरेका थिय भने बर्षादको समयमा हावा हुरी लाग्नुको साथै चट्याङ्ग धेरै पर्ने गरेको पाईन्छ जंगलमा अग्ला अग्ला सल्ला र लेखी लौठका ठुला रुखहरु हुने हुनाले धेरै चट्याङ्ग पर्ने गरेको पाईन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्