भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड (नतिजा सहित)

काठमाडाैं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज विहान ९ बजेर ३० मिनेटमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेको थियो। जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्