पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, हिमानी पनि अस्पताल पुगिन्

काठमाडौं – पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको छैन’ ती चिकित्सकले भने, ‘अन्य केही परीक्षण गर्न बाँकी छ । सायद, भोलि उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’

तर, यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएको २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको उनले बताए । ‘उँहालाई पहिला मुटुको समस्या भएकाले भर्ना गरेर राख्नुपरेको हो । एक–दुई वटा परीक्षणले सबै नर्मल भन्न नसकिने हुँदा भर्ना गरिएको छ । मुटु समस्याको औषधि खाइराख्नु भएकाले उहाँको अवस्था अहिले स्थिर छ’ ती चिकित्सक भन्छन् । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्