आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी दार्चुलाकी सुनाको मृत्यु

काठमाडौँ  – दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी लगिदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार आइतवार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो पनि 

दार्चुलामा एक महिलाले गरिन् मट्टीतेल छर्केर आत्मदाहको प्रयास, यस्तो छ उनको स्वास्थ्य अवस्था

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्