सामाखुशी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

सांकेतिक तस्बिर

काठमाडौँ – सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत फेला परेका छन्।

बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मृतकको शव सनाखत भइसकेको छ। मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो।प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ। मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो। तर फेला पर्न सकेका थिएनन्। बिहीबार भने शव नदी किनारमा फेला परेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्