लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजार २५ पशुको मृत्यु

काठमाडौँ – लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ ।

खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईवस्तुको धेरै क्षती भएपछि किसान मर्कामा परेका हुन् । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाई,भैँसी सहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेस प्रदेशमा हाल सम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेस प्रदेशका आठवटै जिल्लाहरुमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन बिरुद्वको खोप लगाइसकेको जानकारी दिनुभयो ।

सोमवार लम्पी स्किन रोग बिरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताउनु भयो । मन्त्री न्यौपानेले यो समस्या पहिला देखि नै भएपनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरु दीर्घकालिन रुपमा समाधान गर्न सरकारले पहल गर्ने बताउनु भयो ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरुको मृत्यु भएको देखिन्छ । मधेस प्रदेशमा मृत्युभएका २ हजार २५ पशुमा भैँसी/राँगा छन् भने २ हजार १९ वटा गाई/गोरुको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्