मधेस प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

काठमाडौँ – मधेस प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमवार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गर्नुभएको हो । समिम नेपाली काँग्रेसका सांसद हुनुहुन्छ । त्यस्तै श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाउनुभएको छ । दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसक्नुभएको छ ।
यससँगै मधेस प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ । मधेस सरकारले आज छैटौं पटक मन्त्रिपरिषद बिस्तार गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्