कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन पदाधिकारी बैठक बोलाउनुभएको हो ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि सभापति देउवाबाहेक सबै पदाधिकारीले जवाफ दिइसकेका छन् । भोली बुधबार ४ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले सम्बोधन गर्ने र बैठक समापन गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्