इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यासको मूल्य १० रुपैयाँ घट्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।

खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ । यो निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्