मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन स्वीकार्य छैन : नगर प्रमुख कार्की

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन भएको बारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख कार्कीले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरि जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रखिएको कुरा प्रति गरपालिकाको गम्भिर ध्यानकार्षण भएको बताएका हुन् । उनले मुलपानीले र कागेश्वरीको नाम मेटाउने प्रयास गरे स्वीकार्य नहुने समेत बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको हो। मैदान क्यानका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ साहको नाममा राखिएको हो। अब उक्त मैदानलाई जयकुमार नाथ साह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनिने छ।

यसअघि यसको नाम माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान थियो।

यो पनि 

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्