मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन

काठमाडौँ – काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको हो। मैदान क्यानका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ साहको नाममा राखिएको हो। अब उक्त मैदानलाई जयकुमार नाथ साह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान भनिने छ।

यसअघि यसको नाम माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्