नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्छ, भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ : गगन थापा

File Photo

विराटनगर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने अभिव्यक्ति दिएका छन् । भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको बहसले राजनीतिकि वृत्तमा माहौल तताइरहेका बेला थापाले उक्त अभिव्यक्ति दिएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा अधिकार रहेको बताए । नेपालको हक अधिकार कसैले खोसेर लैजान नसक्ने भन्दै थापाले कसैलाई लैजान पनि नदिइने बताए । यसका निम्ति अरु कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो ।

‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ ।’ थापाले भने, ‘नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’

उनले संघ र प्रदेश सरकारमा अहिलेको दलीय गठबन्धनलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

कोशी प्रदेश सरकार सञ्चालनका लागि कांग्रेस सम्मिलित सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न सक्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्