खप्तडको कार्ययोजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप बिकासका लागि विविध कार्ययोजना तयार गरी सरकार अगाडि बढ्ने बताएका छन् ।

मंगलबार खप्तडमा सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गरेको प्रथम खप्तड आध्यात्मिक सम्मेल उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले खप्तड सुदुरपश्चिम प्रदेशको मात्र नभएर नेपालकै अलौकिक भूमि भएकाले पर्यटन प्रवर्द्धन र अन्य व्यवस्थापनको लागि आफुले उच्च प्राथमिकता दिने बताए । यो सम्मेलनले खप्तडको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र महत्व बढेको बताउँदै यसको समग्र विकासको लागि बिज्ञहरुसँग राय परामर्श गरि अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रुपमा विकास गर्ने  प्रधानमन्त्रीको भनाइ थियो । साथै उनले यस कार्यका लागि योग गुरु रामदेव वावा र बालकृष्ण आचार्यको पनि साथ सहयोग रहनु पर्ने बताए।

सम्मेलनको उदघाटन समारोहमा बोल्दै योग गुरु रामदेव वावाले खप्तडलाइ धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आपनो पुर्ण साथ सहयोग रहने बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पररास्ट्र मन्त्री एनपी साउद, नेता भिम रावल र रमेश लेखकले पनि खप्तडको धार्मिक तथा पर्यटकीय बिकासले देशकै अर्थतन्त्रमा सुधार हुने बताएका थिए । उनीहरुले यसलाई अन्तर्राष्ट्रिय आध्यात्मिक स्थलको रूपमा बिकास गर्न सबै निकायले आपनो ठाउँ बाट साथ सहयोग रहनु पर्नेमा जोड दिए।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको अध्यक्षतामा भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विशिष्ट अतिथी योग गुरु रामदेव वावा रहेका थिए। कार्यक्रममा गृहमन्त्री नारायण काजि श्रेष्ठ लगायत अन्य मन्त्री हरु राजदूतहरु लगायत जनप्रतिनिधि रास्ट्र सेवक कर्मचारी योग सादकहरुको सहभागिता रहेको थियो। कार्यक्रम लोक सस्कृति झल्काउने नूत्य लगायतका अन्य प्रस्तुतिहरु पनि देखाइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्