दार्चुलामा एक युवक कुटिएको अवस्थामा फेला, अवस्था गम्भीर

काठमाडौँ – दार्चुलामा एक जना बेहोस अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका – ४ जीप पार्क नजिक कुटपिट गरि बेहोस अवस्थामा नाम र थर नखुलेका अन्दाजी ३०–३५ वर्षिय एक युवक  बिहान २ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते युवकलाई उद्धार गरि जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ती युवकको अवस्था गम्भिर रहेको र सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने प्रहरीले बताएको छ । घाइते भएका व्यक्तिको पहिचान नखुलेकोले कसैले चिनेको भएमा जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्