के छ राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा? (पूर्णपाठ)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ।

उनीहरूले १६ वर्ष उमेर पूरा गरेपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्नेछ व्यवस्था ऐनमा राखिएको छ। २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा उल्लेख छ। त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा व्यवस्था छ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिका हकमा नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ। बाबुको पहिचान नभएर वंशजको नागरिकता लिएको छ र बाबु विदेशी ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ। त्यस्तो व्यक्तिले पितृत्वको नागरिकताका आधारमा विदेशी नागरिकता नलिएको स्वघोषणा गरी र वंशजको आधारमा लिएको नागरिकता बुझाए अङ्गिकृत नागरिकता प्राप्त गर्ने नयाँ ऐनमा उल्लेख छ।

पूर्णपाठ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्