एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले)लेको सचिवालय बैठक आज बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा शुक्रबार बिहान साढे ११ बजे सचिवालय बैठक बस्ने लागेको एमालेले जनाएको छ । वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची छ रहेको छ । वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।

गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियान प्रभावकारी भएकाले थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो। त्यस्तै केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना बनाएर केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरेको थियो।

एमालेले २०८० चैत मसान्तभित्रमा सबै तहगत कमिटीका अधिवेशन सक्ने कार्ययोजना बनाएको छ। त्यस्तै असार १ गतेदेखि ‘मिसन ग्रासरूट’ थप विस्तार गर्ने लक्ष्यसहित संगठन सुदृढीकरण र परिचालनको नयाँ कार्ययोजना पनि एमालेले बनाएरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। आजको बैठकले त्यसलाई अन्तिम रूप दिनेछ।

शुक्रबार बस्ने बैठकले सचिवालयको बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहनेगरी जिम्मेवारी दिनेछ। नेकपा (एमाले)मा १९ सदस्यीय सचिवालय छ। त्यसमध्ये सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बनमा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्